भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण (तस्बिरहरु)

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणका सिलसिलामा सोमबार लुम्बिनी आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकप्टरबाट सोमबार मध्यान्हमा ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री मोदी लुम्बिनी आएका हुन् ।

नेपालस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँस्थित मायादेवी मन्दिरमा पूजाअर्चना गरेका छन् । मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि पूजाअर्चना गरेका छन् । दुवै देशका प्रधानमन्त्रीहरुले पूजाअर्चना गरिरहँदा बौद्ध भिक्षुहरुले बुद्धबन्दना गरेका थिए ।

 

तस्बिरहरू : राससबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *