भक्तपुरमा नेमकिपाकाे ‘क्लिन स्वीप’, ९ गुणा बढी मत ल्याएर विजयी भए प्रजापति

काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीले  ‘क्लि स्वीप’ गरेकाे छ । नेमकिपाले भक्तपुरमा वडा सदस्य देखि मेयरसम्म सबै पदमा क्लिन स्वीप गरेकाे हाे ।

नेमकिपासँगै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका दल पनि प्रतिस्पर्धा रहेकामा सबै पदमा नेमकिपा निर्वाचित भएका हुन् ।

मेयरमा निवर्तमान मेयर सुनील प्रजापतिले २९ हजार २०० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =