ताप्लेजुङको फक्तालुङमा गठबन्धन विजयी

विराटनगर । ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी कन्द्र)ले जितेको छ।

माओवादी केन्द्रका राजन लिम्बु २६६० मत ल्याउँदै निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सरोज लिम्बुले २३१२ मत ल्याएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका रबिन साम्रा लिम्बु निर्वाचित भए। उनले २३५८ मत ल्याए। नेकपा एमालेकी शान्तीमाया लिम्बु पौडेलले २२१२ मत ल्याएकी छन्।

यस पालिकाको वडा नं १ र २ मा माओवादीले वडा अध्यक्ष जितको छ। वडा नं १ को अध्यक्षमा यज्ञप्रसाद लिम्बु, २ को अध्यक्षमा भुपेन्द्र चौलागाई विजयी भएका हुन।। त्यस्तै, वडा नं ३ र ६ मा नेपाली कांग्रेस विजयी भएको छ। वडा नंर ३ को अध्यक्षमा आइत राम लिम्बु र वडा नं ६ को अध्यक्षमा पेमा टाँसी शेर्पा निर्वाचित भए। वडा नं ४ र ५ एमालेले जितेको छ। वडा नं ४ को अध्यक्षमा महेश लावुङ र वडा नं ५ को अध्यक्षमा देउप्रसाद लिम्बु विजयी भएका हुन्।

त्यस्तै, वडा नं ७ मा छेतेन लामा शेर्पा स्वतन्त्र निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *