जब हार स्वीकार गरेर घर फर्किएका जाेगीले चुनाव जिते……

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका-११ मा मतगणनामा वडाध्यक्षमा नेपाली काग्रेस र जसपाबीच तीव्र प्रतिस्पर्धा भइरहेको थियो । वडाध्यक्षका लागि कांग्रेसबाट राजकुमार कठरिया र जसपाबाट दानसिङ जोगी उम्मेदवार थिए ।

मतगणनाको अन्तिमतिर काग्रेस विजयी भएको अपुष्ट खबर आयो । यो खबर सिनेपछि मतगणना स्थलमै रहेका जोगी हार स्वीकार गर्दै घर गए ।

यता कांग्रेसका नेता कार्यकर्ताहरू विजय उत्सव मनाउने तयारी गरिरहेका थिए । तर मतपरिमाण घोषणा हुँदा राजपाका जोगी विजयी भएको घोषणा भयो ।

पराजित भएको भन्दै घर पुगेका जोगीले सामाजिक संजालबाट आफू निर्वाचित भएको थाहा पाए । ‘म विजयी भएको रहेछ’, उत्साहित हुँदै उनले भने, ‘अचम्म मानेर फर्किएको छ ।’ निर्वाचन निर्वाचन अधिकृत भानदेव जोशीले समितिले घोषणा भएको तथ्यांक मात्रै आधिकारिक हुने बताए ।

झिनो मतले पाराजित भए भन्दै घर गएका जोगी नेपाली कांग्रेसका राजकुमार कठरियालाई ३ मतले पछाडि पार्दै विजयी भएका हुन् । उनले ६८२ मत पाए भने कठरियाले ६७९ मत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =