मन्त्री प्रेम आलेको गृहपालिकामा एमाले विजयी, एकीकृत समाजवादी तेस्रो

डोटी । पर्यटन मन्त्री प्रेम आलेको गृहपालिका डोटीको जोरायल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्ष जमुनाकुमारी रोकाया फेरि दोहोरिएका हुन् ।

ओझा तीन हजार ४४९ मतसहित अध्यक्षमा निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका दीपककुमार विष्टले तीन हजार ४१२ ल्याए । त्यस्तै एकीकृत समाजवादीका किरण मल्लले एक हजार ६५९ मत पाए ।

यस्तै उपाध्यक्षमा रोकायाले तीन हजार ५९९ मत ल्याएर निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्राकुमारी साउँदले तीन हजार ५१७ र माओवादीकी प्रेमाकुमारी ओलीले एक हजार ३१७ मत पाए ।

यहाँ एकीकृत समाजवादी र माओवादीले गठबन्धन गरेका थिए भने कांग्रेस एक्लै मैदानमा उत्रिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *