काठमाडौँ १ मा एमाले विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं १ मा वडाध्यक्ष र एक सदस्य पदमा नेकपा एमाले विजयी भएको छ।

निर्वाचन आयोगका अनुसार वडा नं १ बाट एमालेका भरतलाल श्रेष्ठ ६ सय २२ मतका साथ अध्यक्षमा विजयी भएका हुन्। उनीसँगै ७५९ मतका साथ एमालेकै सदस्य उम्मेदवार रसला तण्डुकार पनि विजयी भएकी छन्।

सोही वडाबाट एमालेकै मेयर उम्मेदवार केशव स्थापितले भने मात्र ३ सय ६५ मत पाएका छन्। सो वडाबाट मेयरमा कांग्रेसकी सिर्जना सिंहले ५ सय ५१  मत र सबैभन्दा बढी बालेन्द्र साहले ७ सय ८३ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *