माेरङकाे कटहरी गाउँपालिका २ मा एमालेको प्यानलै विजयी

पालिकामा कांग्रेसको अग्रता कायम

विराटनगर । माेरङकाे कटहरी गाउँपालिका वडानम्बर २ को वडा अध्यक्षमा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

नेकपा एमालेका सुरेन्द्रप्रसाद राजवंशी ९६६ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जयप्रकाश पासवानले ८१९ मत प्राप्त गरे । यस्तै वडा सदस्य खुलामा ब्रम्हदेव पासवान, अमित चौहान, महिला सदस्यमा मंजुदेवी राजवंशी र दलित महिला सदस्यमा शोभा चौधरी निर्वाचित भएको कटहरीका निर्वाचन अधिकृत होमनाथ भट्टराईले जानकारी दिए ।

यो वडासहित नेकपा एमालेले दुई वडा जितेको छ। यसअघि वडा नम्बर १ को अध्यक्षमा हरिनारायण राजबंशी निर्वाचित भइसकेका छन् । कटहरीमा ६०५४ मत गणना हुँदा १७८ मत बदर भएको छ ।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। नेपाली कांग्रेसका देवराज चौधरीले २३७७ मत प्राप्त गर्दा नेकपा एमालेका सुवासकुमार सरदारले १३५३ मत प्राप्त गरेर पछ्याइरहेका छन् । उपाध्यक्षमा १८६८ मत सहित नेपाली कांग्रेसकी मन्जिताकुमारी सरदार अग्रस्थानमा रहँदा उनलाई नेकपा एमालेका सीतादेवी राजवंशीले १७०८ मतसहित पछ्याई रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =