रास्वपा महाधिवेशनमा नेकपाका तर्फबाट वर्षमान पुन सहभागी हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन सहभागी हुने भएका छन् ।

आइतबारदेखि चितवनमा सुरु हुने महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा पठाएको थियो । तर स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार नभएकाले प्रचण्डको सट्टा नेता पुनलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरिएको नेकपा स्रोतले जनाएको छ ।

संयोजक दाहाल निमोनिया र ज्वरोका कारण अस्वस्थ भएपछि करिब १० दिन अस्पतालमा उपचाररत रहेका थिए । उनी १८ जेठमा अस्पतालबाट डिस्चार्ज भए । त्यसपछि पहिलोपटक शुक्रबार पार्टी मुख्यालय कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित सदस्यता नवीकरण अभियानको शुभारम्भ कार्यक्रममा सार्वजनिक रूपमा सहभागी भएका थिए ।

नेता पुनले रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा पुगेर नेकपाका तर्फबाट शुभकामना मन्तव्य दिने जानकारी दिएका छन् ।

रास्वपाको महाधिवेशन भरतपुरस्थित गेष्ट हाउस चौरमा आयोजना हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =