३३ पालिकाको मतगणना सम्पन्न, कसले कहाँ जिते ? (सूचीसहित)

काठमाडाैँ । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म देशभरका ३३ पालिकाकाे नतिजा सार्वजनिक भएकाे छ । नतिजा सार्वजनिक भएका ३३ पालिकामध्ये नेकपा एमालेले १४ र नेपाली कांग्रेसले ९ पालिकामा जित हात पारेका छन् । यस्तै, नेकपा माओवादीले ८ पालिका र नेकपा एकीकृत समाजवादीले २ पालिका जितेका छन् ।

नेकपा एमाले जितेको पालिका
१. मनाङको मनाङ ङिस्याङ गाउँपालिका, अध्यक्षः कान्छा घले
२. मनाङको चामे गाउँपालिका, अध्यक्षः लोकेन्द्रबहादुर घले
३. मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका, अध्यक्षः लोप्साङ छोम्पेल विष्ट
४. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, अध्यक्षः रिङजिन नामगेल गुरूङ
५. मुस्ताङको लोमान्थाङ गाउँपालिका, अध्यक्षः टसी न्वर्वु गुरूङ
६. डोल्पाको से फोक्सुण्डो गाउँपालिका, अध्यक्षः धावा सम्डुङ गुरुङ
७. सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका , अध्यक्षः मिङ्मा छिरि शेर्पा
८. बझाङको साइपाल गाउँपालिका, अध्यक्षः मानबहादुर बोहोरा
९. नवलपुरको बौदीकाली गाउँपालिका, अध्यक्षः प्रकाश ओझा
१०. बझाङको थलारा गाउँपालिका, अध्यक्षः प्रकाश रोकाया
११. मुस्ताङको थासाङ गाउँपालिका, अध्यक्षः प्रदिप गौचन
१२. म्याग्दीको मालिका गाउँपालिका, अध्यक्षः वेगप्रसाद गर्वुजा
१३. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका, अध्यक्षः यादवबहादुर खापुङ
१४. दार्चुलाकाे महाकाली नगरपालिका, मेयर नरसिंह चैसिर

नेपाली कांग्रेस जितेको पालिका
१. मनाङको नार्पा भूमी गाँउपालिका, अध्यक्षः कोन्जो तेन्जीङ लामा
२. मनाङको नासोँ गाउँपालिका, अध्यक्षः धनबहादुर गुरुङ
३. मुस्ताङको घरपोझङ गाउँपालिका, अध्यक्षः मोहनसिंह लालचन
४. गुल्मीको रेसुङ्गा नगरपालिकामा, मेयरः खिलध्‍वज पन्थी
५. गन्यापधुरा गाउँपालिका, अध्यक्षः ईन्द्रबहादुर कार्की
६. गुल्मीको गुल्मीदरबार गाउँपालिका, अध्यक्षः सरोजकुमार थापा
७. डोटीको बडीकेदार गाउँपालिका, अध्यक्षः भैरवबहादुर साउद
८. हुम्लाको खार्पुनाथ गाउँपालिका , अध्यक्षः कर्णबहादुर रावल
९. बागलुङको तमानखोला गाउँपालिका, अध्यक्षः जोकलाल बुढा

नेकपा माओवादी केन्द्रले जितेको पालिका
१. डोल्पाको जगदुल्ला गाउँपालिका, अध्यक्षः नारसिङ रोकाय
२. दैलेखको नौमुले गाउँपालिका, अध्यक्षः छविराम सुवेदी
३. बाग्लुङ ताराखोला गाउँपालिका , अध्यक्षः धनबहादुर विक
४. उदयपुर लिम्चुङबुङ गाउँपालिका, अध्यक्षः मेजरकुमार राई
५. रोल्पाको थवाङ गाउँपालिका, अध्यक्षः ऋषिकेशव बुढामगर
६. खोटाङको जन्तेढुंगा गाउँपालिका, अध्यक्षः अरूणादेवी राई
७. दार्चुलाको नौगाड गाउँपालिका, अध्यक्षःमा दलजितसिंह धामी
८. दार्चुलाको अपीहिमाल गाउँपालिका अध्यक्षः , भगतसिंह ठेकरे (बोहरा)

नेकपा एकीकृत समाजवादी जितेका पालिका
१. डोल्पाको छार्का साङतोङ गाउँपालिका, अध्यक्षः सेनाङ गुरुङ
२. डोल्पाको काइके गाउँपालिका, अध्यक्षः अंगदकुमार राना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =