भरतपुरमा रेनुकाे अग्रता कायमै, विजय ८० मतले पछाडि

काठमाडाैँ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । अहिलेसम्म गनिएका ४८७७ मतमध्ये दाहाल १७२७ मतले शीर्षस्थानमा छिन् ।

एमालेबाट उम्मेदवार विजय सुवेदीले १६४७ मत प्राप्त गरेका छन् ।  उनी रेनुभन्दा ८० मतले पछाडि छन् ।

त्यस्तै एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले १६४७ मत ल्याएका छन् । कांग्रेसका बागी जगन्नाथ पौडेलले ५७९ मत ल्याएका छन् ।

उपमेयरमा भने गठबन्धनबाट चित्रसेन अधिकारीले १८५९ मत पाएका छन् । त्यस्तै, राप्रपाकी हिमला गुरुङले १३३३ मत पाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =