दार्चुलाकाे अपिहिमालमा ठेकरे विजयी

दार्चुला । अपिहिमाल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहरा विजयी बनेका छन् ।

आइतबार सम्पन्न मतगणनामा बोहराले दुई हजार ३०४ मत ल्याएका हुन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मानन्द मन्यालले एक हजार ३८५ मत पाएका छन् ।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसकी देवकी बोहरा निर्वाचित भएकी छन् । उनले दुई हजार २७ मत पाइन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उर्मिला बोहराले एक हजार ३१३ मत पाइन् ।

यसअघि ०७४ सालमा अपि हिमालको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *