देशभरका २४ पालिकाको नतिजा सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत भइरहेकाे मतगणनामा हालसम्म २४ स्थानीय तहकाे नतिजा सार्वजनिक भएकाे छ ।

सार्वजनिक नतिजामध्ये सबैभन्दा बढी पालिकामा नेकपा एमालेले जित दर्ज गरेकाे छ । एमाले अहिलेसम्म १० पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छन् । त्यस्तै, नेपाली कांग्रसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ ।

माओवादी केन्द्र ३ पालिका प्रमुख जितेर दोस्रोमा छ भने नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जितेर तेस्रो छ ।

एकीकृत समाजवादीले दुई गाउँपालिका निर्विरोध जित हासिल गरेकाे छ ।

हेर्नुस् सूची
नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह
१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा

२. चामे गाउँपालिका – मनाङ

३. ङिस्याङ गाउँपालिका( मनाङ

४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ

५. लोमन्थाङ गाउँपालिका( मुस्ताङ

६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका(मुस्ताङ

७. खुम्बु पासाङल्हामु गाउँपालिका( सोलुखुम्बु

८. साइपाल गाउँपालिका(बझाङ

९. नवलपुरको बौदीकाली (नवलपरासीपूर्व

१०. थलरा गाउँपालिका( बझाङ

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह

१. नार्पाभूमि – मनाङ

२. घरपोझोङ – मुस्ताङ

३. नासो गाउँपालिका(मनाङ

४. गुल्मी दरबार गाउँपालिका, गुल्मी

५. गन्यापधुरा गाउँपालिका, डडेलधुरा

६. रेसुङ्गा नगरपालिका, गुल्मी

७. खार्पुनाथ गाउँपालिका, हुम्ला

८. बडिकेदार गाउँपालिका, डोटी

९. तमानखोला गाउँपालिकामा, बागलुङ

माओवादी केन्द्रले जितेका स्थानीय तह

१. जगदुल्ला गाउँपालिका( डोल्पा

२. नौमुले गाउँपालिका( दैलेख

३. ताराखोला गाउँपालिका, बागलुङ

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह

१. काइके गाउँपालिका – डोल्पा

२. छार्का साङतोङ गाउँपालिका – डोल्पा

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 20 =