आजदेखि हप्तामा २ दिन विदा लागू
२०७९ जेठ १ गते

काठमाडौँ । सरकाले इन्धनकाे खपत कम गर्ने उद्देश्यले सातामा २ दिन विदा दिएकाे छ । मन्त्रिपरिषद्द्वारा गत वैशाखमा भएकाे निर्णयअनुसार आजदेखि सातामा दुई दिन बिदा कार्यान्वयन भएकाे हाे ।
नयाँ व्यवस्थाअनुसार अब शनिवारसँगै आइतवार पनि बिदा हुनेछ । त्यस्तै अन्य दिनको कार्यालय समय भने बिहार साढे ९ बजेदेखि अपराह्न साढे ५ बजेसम्म हुने गृहमन्त्रालयले जनाएकाे छ ।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म कार्यालय समय कायम रहने मन्त्रालयले जनाएको छ ।
२०७९ जेठ १ गते
प्रतिक्रिया








