बझाङ थलाराको अध्यक्षमा एमाले विजयी

बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा एमालेका प्रकाश रोकाया विजयी भएका छन् ।

विजेता उम्मेदवार रोकायाले २ हजार ७७४ मत ल्याई विजयी प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार कुलराज जोशीले २ हजार १२२ मत ल्याएका छन्। पालिकामा एकीकृत समाजवादीका विनोद थापालाई गठबन्धनले उम्मेदवार बनाएको थियो। तर उनका विरुद्ध काँग्रेसका कार्यकर्ताले उम्मेदवारी दिएका थिए।

एमालेले यसअघि बझाङको साइपाल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ। त्यसअघि कांग्रेसले डडेल्धुरा र डोटीमा गरेर दुई र माओवादीले दार्चुलामा एक पालिका जितेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *