जोशीपुर १ मा प्यानलसहित रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी

काठमाडौँ । कैलालीको जोशीपुर गाउँपालिका–१ मा नागरिक उन्मुक्ति पार्टी प्यानलसहित निर्वाचित भएको छ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार जोशीपुर १ मा नागरिक उन्मुक्ति पार्टीबाट वडाध्यक्षमा रामचन्द्र चौधरी ७७३ मत ल्याएर निर्वाचित भएका हुन्। त्यहाँ वडासदस्यसहित सबै सदस्यहरू नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका हुन्।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवारले अग्रता लिइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *