बझाङको साइपाल अध्यक्षमा एमाले विजयी

काठमाडौँ । बझाङको साइपाल गाउँपालिकामा नेकपा (एमाले)का मानबहादुर बोहराले ६७५ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन्।

नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भएका हुन्। गाउँपालिका उपाध्यक्षमा पनि एमालेको डोल्मा तामाङ ६७५ मतसहित विजयी भएकी छन्। उनका प्रतिस्पर्धी कांग्रेसको बाटु बोहराले ६१९ मत प्राप्त गरेकी हुन्।

पालिकाको वडा नं १ मा प्यानलसहित एमालेका नरेन्द्र धामी विजयी भएका छन्। वडा नं २ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् भने वडा नं ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन्।

त्यस्तै, वडा नं ४ मा कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् भने वडा नं ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *