गोकर्णेश्वरमा एमालेको विजयी यात्रा जारी, वडा नं. ३ मा प्यानलै विजयी
२०७९ जेठ १ गते

काठमाडाैँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेले प्यानल नै जितेको छ ।
एमालेका मुरारी कुइँकेलले १००१ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी काँग्रेसका किरण विष्टले ७४९ मत प्राप्त गरे । यसअघि नेपाली काङ्ग्रेसले जितेको यो वडामा यो पल्ट भने एमालेले प्यानल नै जितेको हो ।
३ वटा वडाको मत परिणाम सकिँदा मेयर र उपमेयरमा पनि एमालेको अग्रता कायमै छ ।
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित









