चन्द्रागिरि नगरपालिका-१ मा कांग्रेस विजयी
२०७९ जेठ १ गते

काठमाडाैँ । काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नं १ को अध्यक्षमा हरि श्याम रानामगर विजयी भएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रानामगरले ११६४ मत प्राप्त गर्दै प्यानलसहित विजय हासिल गरेका हुन् ।
उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्र केसीलाई पछि पार्दै जित हासिल गरेका हुन् । केसीले ११०० मत प्राप्त गरेका थिए ।
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित








