चितवनको माडीमा माओवादी र राप्रपाले खाता खोल्यो

चितवन । चितवनको माडी नगरपालिकाको दुई वडाको मतगणना सकिएको छ । एउटा वडामा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् भने अर्को वडामा राप्रपाले जित हासिल गरेको छ ।

माडी नगरपालिका वडा नं ९ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नेता घनश्याम दवाडी निर्वाचित भएका छन् । उनले १०१८ मत ल्याएका थिए । उनी यसअघि सोही वडाको निर्वाचित वडा सदस्य पनि थिए । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता एवं पूर्व वडाध्यक्ष शिवहरि सुवेदीले ५०८ मत ल्याए । राप्रपाका उम्मेदवार कुलबहादुर दुराले ४६९ मत ल्याए ।

सो वडामा बाम लोकतान्त्रिक गठबन्धनबाटै महिला सदस्यमा काँग्रेसकी बिना थापा, दलित सदस्यमा माओवादी केन्द्रका हरिमाया बिक र खुल्ला सदस्यमा नेपाली काँग्रेसका नारायणदत्त अधिकारी र मोहन सिंह स्याङतान निर्वाचित भएका छन् ।

माडी नगरपालिका वडा नं. १ को वडाध्यक्षमा राप्रपाका अमित लामा विजयी भएका छन् । आइतबार बिहान सकिएको मतगणनामा लामाले १४३३ मत पाउँदै वडाध्यक्ष जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार जीवन चौधरी गुरौले ९४३ मत पाए। त्यस्तै एमाले उम्मेदवार टिकाराम सुवेदीले १२६ मत ल्याए ।

सो वडामा महिला सदस्यमा राप्रपाबाटै अप्सरा सुवेदी, दलित महिला सदस्य राप्रपाकै गुना धमला लोहार र खुल्ला सदस्यमा नेपाली काँग्रेसका जय नारायण लामिछाने र राप्रपाका दीपेन्द्र महतो विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =