अहिलेसम्म कुन पार्टीले कहाँ जिते ? (सूचीसहित)
काठमाडाैँ । देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म १६ वटा स्थानीय तहको परिणाम सार्वजनिक भएको छ ।अहिलेसम्म निर्विरोध भएका समेत गरी नेकपा एमालेले ७, नेपाली कांग्रेसले ५, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले २ पालिकाको प्रमुख जितेका छन् ।
।
काँग्रेससहित गठबन्धनतले जितेका पालिका
-कोन्जो तेन्जिङ लामाले नार्पा भूमि गाउँपालिकाबाट विजय हासिल गरेका छन् । नार्सो गाउँपालिकाबाट धनबहादुर गुरुङ, घरपझोङ गाउँपालिकाबाट मोहन सिंह लालचन, गन्यापधुरा गाउँपालिकाबाट इन्द्र बहादुर कार्की र रेसुंगा नगरपालिकाबाट खिलध्वज पन्थी विजयी भएका छन् ।
-एकीकृत समाजवादीबाट काइके र छार्का ताङसोङ गाउँपालिकाबाट अंगद कुमार राना र सेनाङ गुरुङले विजय हासिल गरेका छन् ।
माओवादी केन्द्रका नारा सिं रोकाया जगदुल्ला गाउँपालिकाबाट विजयी भएका छन् । माओवादी केन्द्रबाटै दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा छविराम सुवेदी विजयी भएका छन् । त्यहाँ माओवादी र समाजवादीको गठबन्धन थियो ।
एमालेले जितेका पालिका
-चामे गाउँपालिकामा लोकेन्द्र बहादुर घले, सेफोक्सुण्डो गाउँपालिकामा धावा धावा गुरुङ विजयी भएका छन् ।
– डिस्याङ गाउँपालिकामा कान्छा घले तथा लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् ।
-लोमङ्थाङ गाउँपालिकामा टसी न्हर्बु गुरुङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिङजीन नामगेल गुरुङ विजयी भएका छन् ।
-सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पालिका अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हामु शेर्पा विजयी भएका हुन् ।








