अहिलेसम्म कुन पार्टीले कहाँ जिते ? (सूचीसहित)

काठमाडाैँ । देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म २० वटा स्थानीय तहको परिणाम सार्वजनिक भएको छ ।अहिलेसम्म निर्विरोध भएका समेत गरी नेकपा एमालेले ८, नेपाली कांग्रेसले ७, नेकपा माओवादी केन्द्रले ३ र नेकपा एकीकृत समाजवादीले २ पालिकाको प्रमुख जितेका छन् ।

काँग्रेससहित गठबन्धनतले जितेका पालिका

-कोन्जो तेन्जिङ लामाले नार्पा भूमि गाउँपालिकाबाट विजय हासिल गरेका छन् । नार्सो गाउँपालिकाबाट धनबहादुर गुरुङ, घरपझोङ गाउँपालिकाबाट मोहन सिंह लालचन, गन्यापधुरा गाउँपालिकाबाट इन्द्र बहादुर कार्की र रेसुंगा नगरपालिकाबाट खिलध्वज पन्थी विजयी भएका छन् ।

-गुल्मी दरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मतगणना अनुसार पालिकाको अध्यक्षमा सरोज थापाले ५ सय ६४ मतान्तर र उपाध्यक्षमा तारा थापा ढेंगा ७ सय ७७ मत अन्तरले विजयी भएका हुन् ।

-डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुुर साउँद र कुमारी विष्ट विजयी भएका छन् । डोटीमा यस निर्वाचनको क्रममा कांग्रेसले पहिलो पटक पालिका जितेको हो ।

-माओवादी केन्द्रका नारा सिं रोकाया जगदुल्ला गाउँपालिकाबाट विजयी भएका छन् । माओवादी केन्द्रबाटै दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा छविराम सुवेदी विजयी भएका छन् । त्यहाँ माओवादी र समाजवादीको गठबन्धन थियो ।

-बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गठबन्धन गरेर चुनाव लडेको यहाँ माओवादीका धनबहादुर विक अध्यक्षमा निर्वाचित भएका हुन् ।

-एकीकृत समाजवादीबाट काइके र छार्का ताङसोङ गाउँपालिकाबाट अंगद कुमार राना र सेनाङ गुरुङले विजय हासिल गरेका छन् ।

एमालेले जितेका पालिका

-चामे गाउँपालिकामा लोकेन्द्र बहादुर घले, सेफोक्सुण्डो गाउँपालिकामा धावा धावा गुरुङ विजयी भएका छन् ।
– डिस्याङ गाउँपालिकामा कान्छा घले तथा लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् ।

-लोमङ्थाङ गाउँपालिकामा टसी न्हर्बु गुरुङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिङजीन नामगेल गुरुङ विजयी भएका छन् ।

-सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पालिका अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हामु शेर्पा विजयी भएका हुन् ।

-साइपाल गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार मानवीर बोहराले ६ सय ७५ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदार उज्वल बोहराले ६ सय १३ मत ल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + five =