टीकापुर– ५ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको प्यानल नै विजयी

धनगढी । कैलालीको टीकापुर नगरपालिकाबाट रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले विजयी यात्राको खाता खोलेको छ ।

नगरपालिकाको वडा नं ५ मा वडाध्यक्षका उम्मेदवार वीरबल थारुसहित उनको पूरै प्यानल फराकिलो मतान्तरका साथ विजयी भएको हो ।

वडाध्यक्षमा बलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याइ विजयी भएका छन् ।

टीकापुर नगरपालिकाको मेयर र उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीले अग्रता लिइरहेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *