धरानमा गठबन्धनको अग्रता कायम, स्वतन्त्र उम्मेदवार पिछा गर्दै

विराटनगर । धरान उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार किशोर राईले अग्रता कायम राखेका छन् ।

धरान उपमहानगरपालिका वडा नं १, २ र ३ को मत गणना भइरहँदा कांग्रेसका उम्मेदवार राईले ८५५ मत प्राप्त गरेका छन् । २३०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ६४९ मत ल्याउँदै राईलाई पछ्याइरहेका छन् । त्यस्तै, एमालेकी मन्जु भण्डारीले ४५२ मत ल्याएकी छिन् ।

साथै, उपप्रमुखमा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले ९३७ मत ल्याएका छन् भने उनलाई पछ्याउँदै पदम ईस्वोले ५२३ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *