झापा–मोरङ–सुनसरी चुनाव अपडेट; १५ स्थानमा एमाले र २४ मा कांग्रेसको अग्रता

विराटनगर । झापा, मोरङ र सुनसरीमा नेपाली कांग्रेसले २४, एमालेले १५ स्थानमा अग्रता कायम गरेका छन् ।

झापा, मोरङ र सुनसरीका विभिन्न २४ स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिँदा नेकपा एमाले १५ स्थानमा प्रमुख पदमा आफ्नो अग्रता कायम राखेको छ । तीन जिल्लामा एक जना स्वातन्त्र, एक जना राप्रपा र एक जना जनता समाजवादी पार्टीका उमेद्वारले प्रमुख पदमा अगाडि छन् ।

सुनसरीमा काँग्रेसले ६, एमालेले ३ र जसपाले १ स्थामा अग्रता लिएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार सुनसरीको धरान र ईटहरी उपमहानगरपालिका सहित इनरुवा, बराहक्षेत्र र दुहवी नगरपालिमा कांग्रेस अगाडि छ। यस्तै हरिनगर, देवानगञ्ज र गढी गाँउपालिका कांग्रेसले अग्रता लिएको छ ।

रामधुनी नगरपालिका, बर्जु र भोक्राह नरसिंह गाँउपालिमा एमालेको अग्रता छ । जसपाले कोसी गाँउपालिकामा अहिलेसम्म अग्रता कायम गरेको छ। सुनसरीको देवानगञ्ज र बर्जुको मतपरिणाम सार्वजनिक भएको छैन ।

मोरङको १० वटा पालिकामा नेपाली कांग्रेसले प्रमुख पदमा अग्रता लिएको छ। विराटनगर महानगरपालिका रतुवामाई, सुनबर्षी र पथरी शनिश्चरे नगरापालिकामा कांग्रेसको अग्रता छ । बुढीगंगा, धनपालथान, कटहरी, ग्रामथान, जहदा र मिक्लाजुङ गाँउपालिकामा कांग्रेसले अग्रता लिएको निर्वाचन कार्यालयले जनाएको छ।

नेकपा एमाले मोरङ जिल्लाका ५ वटा नगरपालिका र २ वटा गाउँपालिकामा एमाले अगाडि छ । रंगेली, उर्लाबारी, लेटाङ, बेलबारी, सुन्दर हरैचा नगरपालिकामा एमालेको अग्रता छ । यस्तै कानेपोखरी र केराबारी गाँउपालिकमा एमालेले अग्रता लिएको छ । झापाको हल्दिबारी राप्रपा र कन्काई नगरपालिमा स्वातन्त्र उमेद्वारले अग्रता लिएका छन् ।

एमालले विर्तामोड, दमक, मेचीनगर, शिवसताक्षी, अर्जुनधारामा अग्रता लिएका छन् । भद्रपुर, गौरादह नगरपालिका कमल , कचनकवल बाह्रदशी, वुदशान्ती र गौरीगञ्ज गाउँपालिकामा नेपाली कांग्रेस अगाडि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *