५८३ मतका साथ बालेनको अग्रता कायमै, स्थापित पछिपछि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सुरुवातबाट अग्रता कायम राखेका छन् ।

बेलुकी ८ः४० सम्मको अद्यावधिअनुसार उनले ५८३ मत प्राप्त गरेका छन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ४८८ मत पाएका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ३४० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *