विराटनगर अपडेट; बढ्दो मतान्तर, कांग्रेसको अग्रता कायमै

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ।

नेपाली कांग्रेसका नागेश कोइरालाले १०३८ मत प्राप्त गर्दा नेकपा एमालेका सागर थापाले ७७४ मत प्राप्त गरेका छन्। योसँगै नेपाली कांग्रेसले मतान्तर बढाएको छ। त्यस्तै, स्वतन्त्र उम्मेदवार उमेश यादव(लालटिन) ले २७७ मत प्राप्त गरेका छन्। ३ हजार १०० मत गणना हुँदा उपमेयरमा एमालेकी शिल्पा निराला कार्कीले ८५३ मत सहित अग्रता कायम राखेकी छन्। गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ५५४ मत प्राप्त गरेका छन्।

मत गणना जारी रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *