कैलालीको टीकापुरमा नागरिक उन्मुक्ति पार्टी दोब्बर मतले अगाडि

धनगढी । कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेको छ ।

नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डंगौरा थारु निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर बढी मतले अगाडि छन् ।

थारुले ५८८ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार श्याम खत्रीले २६७ मत ल्याएका छन् । त्यसैगरि गठबन्धन दलका उम्मेदवार नवराज रावलले १९० मत ल्याएका छन् ।

यस्तै उपमेयरमा पनि नागरिक उन्मुक्तिका उम्मेदवार उल्कादेवी विकले ५०१ मत प्राप्त गरेकी छन् । एमालेबाट उपमेयर उपमा केसीले १९० र गठबन्धनबाट माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार खडक शाहले २१३ मत प्राप्त गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टी टीकापुर काण्डमा मुछिएर जेलमा रहेका सांसद चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता गरिएको नयाँ पार्टी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eighteen =