हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीका उम्मेदवारको अग्रता

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको जारी मत गणनाको ताजा परिणाम अनुसार एकीकृत समाजवादीका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

साँझ ६ बजेसम्म २ हजार ५० मत गन्दा प्रमुख पदमा गठबन्धनका नेकपा (एकीकृत समाजवादी)का मीना लामाले ६१९ मत, एमालेका अनन्त पौडेलले ६०० मत र राप्रपाका दीपकबहादुर सिंहले ५७० मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाले ९०३ मत, एमालेका सुमित्रा काफ्लेले ७२४ मत र राप्रपाकी इन्दिरा न्यौपानेले १५४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 1 =