पोखरा महानगरको मतगणना सुरु
२०७९ वैशाख ३१ गते

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा आज दिउँसो ४ः१५ बजेदेखि मतगणना सुरु भएको छ ।
यसअघि बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरे पनि दुई घण्टा ढिलो गरी गणना सुरु भएको हाे ।
पोखरा–१२ बाट अहिले गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए । अहिले नगर विकास समितिको हलमा गणना भइरहेको छ ।
पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ मतदाता रहेकामा एक लाख ४३ हजार २२८ मत खसेको थियो ।
पोखरा महानगरको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादीका) धनराज आचार्य र नेकपा (एमाले)बाट कृष्ण थापाबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया









