देउवाकै वडामा कांग्रेस पराजित, कांग्रेस (बीपी)का उम्मेदवार विजयी

धनगढी । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेस (बीपी) का उम्मेदवारी विजयी भएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ नम्बर वडामा ‘करुवा’ चुनाव चिन्ह भएका कांग्रेस (बीपी)का नरेश भण्डारी विजयी भएका छन् ।

उनलले ६७३ मत प्राप्त भने उनका निकटनम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरे ।

कांग्रेसबाट निस्कासित कर्ण मल्ल समूहले (बीपी) कांग्रेसको करुवा चुनाव चिन्ह लिएर एमालेसँग तालमेल गर्दै कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतिक्रिया

One thought on “देउवाकै वडामा कांग्रेस पराजित, कांग्रेस (बीपी)का उम्मेदवार विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *