विराटनगरमा १२ सय मत गणना, कांग्रेसको अग्रता
२०७९ वैशाख ३१ गते

विराटनगर । विराटनगर महानगरपालिकामा १२ सय मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ।
महानगरको मेयार पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले ४३४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सागरकुमार थापाले ३१७ मत प्राप्त गर्दै उनलाई पछ्याएका छन्। गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार जसपाका अमरेन्द्र यादवले २०६ मत ल्याउँदा उनलाई पछि पार्दै एमालेकी शिल्पा निराला कार्कीले ३६५ मत ल्याएर अग्रता लिएकी छन्।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित









