जीतपुरसिमरा उपमहानगरमा माओवादी केन्द्रको अग्रता
२०७९ वैशाख ३१ गते

काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको पाँचदलीय गठबन्धनबाट मेयरमा मोओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
वडा नम्बर २४ को मतगणनाको प्रारिम्भिक परिणाम अनुसार १२१० मत गणना गर्दा गठबन्धनबाट मेयरका उम्मेदवार राजन पौडेलले ५ सय ४३ मत पाएका छन् ।
त्यस्तै, कांग्रेसबाट उपमेयरकी उम्मेदवार मेघा शाहीले ५ सय ४३ मत ल्याएकी छन् ।
त्यस्तै, लोसपाका मेयर संजय कुमार साहले ४ सय, लोसपाकी उपमेयर बिपि मोक्त्तानले ४ सय, नेकपा एमालेकी मेयर सरस्वती चौधरीले २ सय ६७, र नेकपा एमालेका उपमेयर भोला अधिकारीले २ सय ६७ मत ल्याएका छन् ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया









