गोकर्णेश्वर-१ कांग्रेसको नतिजा उल्टियो, एमालेको प्यानल नै विजयी

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं १ को अध्यक्षमा नेकपा एमालेका द्वारिका श्रेष्ठ १४२८ मत प्राप्त गरी विजयी भएका छन्।

विजयी उम्मेदवार श्रेष्ठले कांग्रेसका राम मानन्धरलाई ४९८ मतान्तरले हराएका हुन्। निवर्तमान वडा अध्यक्ष मानन्धरले मात्र ९३९ मत प्राप्त गरेका छन्। यसअघि, ०७४ सालको स्थानीय चुनावमा वडा नं १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएकोमा यसपटकको निर्वाचनमा सो नतिजा उल्टिएर मतपरिणाम एमालेको पोल्टामा परेको हो। यसपटकको स्थानीत तह निर्वाचनमा सो वडामा एमालेको प्यानल नै विजयी भएको हो।

वडा नं १ को मतगणना सकिँदा नगरप्रमुखम तथा उपप्रमुखमा एमालेकै उम्मेदवारले अग्रता कायम गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *