सुर्खेतको पञ्चपुरी नगरमा कांग्रेसको अग्रता

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा मतगणना जारी छ । वडा नम्बर १ र ११ नम्बरको करिव १२०० मत गणना गर्दा नेपाली कांग्रेसले अग्रता लिएको हो । यसअघि नेकपा एमालेले अग्रता लिए पनि वडा नम्बर ११ को मत गणनामा कांग्रेसले अग्रता लिएको छ ।

प्रमुख पदमा पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेद्वार लालबहादुर भण्डारीले ४८६ मत प्राप्त गरेका छन् । यस्तै एमालेका धनबहादुर थापाले ४०८ र नेकपा माओवादी केन्द्रका केशवबहादुर शाहीले २३० मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुख पदमा नेपाली कांग्रेसका मुक्तिदेवी रेग्मीले ४७१ र नेकपा एमालेका दुर्गाकुमारी जैशीले ४०२ मत ल्याएकी छन् ।

पञ्चपुरीको वडा नम्बर ११ मा ६०० मत गणना गर्दा प्रमुखमा नेपाली कांग्रेसले २७५, नेकपा माओवादी केन्द्रले १९६, एमालेले ९१ तथा उपप्रमुखमा कांग्रेसले २५९, एमालेले १०२ र माओवादी केन्द्रले ३४ मत प्राप्त गरेको छ । वडा अध्यक्षमा कांग्रेसले २४५ मत ल्याउँदा माओवादीले २१४ र एमालेले ९२ मत ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =