दैलेखको चामुण्डामा कांग्रेसको अग्रता

सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्राप्त जानकारी अनुसार ६५८ मतगणना हुँदा मेयरमा नेपाली कांग्रेसका गणेशबहादुर शाहीले २७० मत प्राप्त गरेका छन् ।

उनी कर्णालीका कानुन मन्त्री हिमबहादुर शाहीका छोरा हुन् । त्यहाँ कांग्रेसले गठबन्धनको निर्णय तोडेर उम्मेदवारी दिएको थियो । दोस्रोमा नेपाल मजदुर किसान पार्टीले अग्रता कायम गरेको छ ।

नेमकिपाका बखतबहादुर थापाले २३० मत प्राप्त गरेका छन् भने पहिलो बन्ने दाबी गरेको एमाले तेस्रोमा छ । एमालेका सूर्यबहादुर शाहीले जम्मा १८० मत प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा कांग्रेसकी मनसरा कुमारी शर्माले २१६ ल्याएकी छन् भने एमालेकी नन्दा कुमारी बिष्टले २०६ मत ल्याएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =