गठबन्धनभन्दा बढी पालिका एमालेले जित्छ : नेम्वाङ
२०७९ वैशाख ३१ गते

|सुवासचन्द नेम्वाङ्ग। तस्वीरः फाइल|
काठमाडौँ । नेकपा एमालेका नेता उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठबन्धनभन्दा बढी पालिकामा एमालेको जित सुनिश्चित भएको दाबी गरेका छन् । गृह जिल्ला इलाममै रहेका नेता नेम्वाङले शनिबार बिहान मकालुखबरसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन् ।
‘सत्ता गठबन्धनमा रहेका पाँच पार्टीहरु चुनावी गठबन्धन गरेर एक्लो एमालेसँग प्रतिस्पर्धा गरेका छन्,’ उनले भने, ‘यसैले आधा जित हाम्रो हो भन्ने पुष्टि भइसकेको छ । अहिले आउन लागेका मत परिणामहरुमा पनि दुई ठाउँमा एमालेले जित हालिल गरिसकेको छ । र, केहीमा अग्रता लिइरहेको छ ।’
उनले गठबन्धनको भन्दा बढी सीट ल्याएर जित्नेमा आफू ढुक्क भएको बताए ।
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया









