भरतपुरको मतगणना बिहान ८ बजेबाट गर्ने सहमति

चितवन । भरतपुर महानगरपालिकाको मतगणना आज बिहान ८ बजेबाट सुरु गर्ने सहमति भएको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले मतगणनाको काम आज बिहान ८ बजेबाट गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भरतपुर महानगरमा २९ वटा वडा रहेका छन् । सबै वडाबाट ३७१ वटा मतपेटिका मतगणना स्थल औद्योगिक प्रदर्शनी केन्द्रको सी ब्लकमा ल्याएर राखिएको छ ।

भरतपुर महानगरमा ७० प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भरतपुर महानगरको मतदाता सङ्ख्या एक लाख ८५ हजार ७५२ थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *