गोकर्णेश्वर नगरपालिकामा ७१.६४ प्रतिशत मत खस्यो

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा ७१.६४ प्रतिशत मत खसेको छ।

निर्वाचन कार्यालय गोकर्णेश्वरका अनुसार कुल ३३८९८ मतदाता रहेको पालिकामा २४२८५ मत खसेको हो। ९ वटा वडा रहेको नगरपालिकामा वडा नं १ मा २६७५,  २ मा २२००,  ३ मा ३०१३,  ४ मा ३१३९, ५ मा ३८७७, ६ मा ३६८६, ७ मा १३५१,  ८ मा ३१५६ र वडा नं ९ मा ११८८ मत खसेको छ। नगरपालिकामा महिला १७४०० र पुरुष १६४९८ कुल ३३८९८ मतदाता रहेका छन्।

अबको केहीबेरमा सर्वदलीय बैठक बसी मतगणना सुरु हुने आयोगले जनाएको छ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *