चितवनमा ७५ प्रतिशत खस्यो मत

चितवन । चितवनका ७ पालिकामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । चितवनमा ७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनले प्रक्षेपण गरेको छ ।

निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले चितवनको कुनै मतदान केन्द्रमा ७५ प्रतिशतसम्म मत खसेको अनुमान गरेका छौँ, वास्तविक तथ्यांक निकाल्न बाँकी छ । चितवनको ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी मत खसेको उनले बताए ।

चितवनका अधिकांश मतदान केन्द्रमा ७० र कुनै मतदान केन्द्रमा ६५ प्रतिशत मत खसेको उनको भनाइ छ । केही मतदान केन्द्रमा ७५ प्रतिशतभन्दा पनि बढी मत खसेको उनी बताउँछन् । उनले भने, ‘मतपेटिका गणनास्थलमा आउनेक्रम सुरु भएको छ ।’

चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । १६१ वटा मतदान स्थल र ४५१ मतदान केन्द्र थिए । चितवनका सबै मतदान केन्द्रमा उत्साहपूर्ण मतदान भएको निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 13 =