भक्तपुरमा ३ बजेसम्म ६५ प्रतिशत मत खस्यो

काठमाडौँ । भक्तपुरमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिएका छन्। जिल्लामा भएका कूल एक लाख ८९ हजार ५८४ मतदातामध्ये भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरमा ४३ हजार १०४, सूर्यविनायक नगरमा ४७ हजार ३६७ र मध्यपुर थिमी नगरमा ४१ हजार ८४३ जना छन्।

बेलुका ५ बजेसम्म मतदान समय निर्धारण गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *