हुम्लाको खार्पुनाथमा सत्तापक्ष र प्रतिपक्षबीच झडप, १० जना घाइते

काठमाडौँ । हुम्लाको खार्पुनाथ गाउँपालिका-१ स्थित मालिका मावि मतदान केन्द्रमा झडप भएको छ।

इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस-माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा १० जना घाइते भएका छन्।

खार्पुनाथामा एमालेलाई नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ। झडप भएसँगै सो केन्द्रमा मतदान प्रक्रिया स्थगित भएको छ। जम्मा ९०० मत खस्नुपर्नेमा ४६० मत खसिसकेको अवस्था छ भने अझै ४०० मत खस्न बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *