सुर्खेतमा मतदान जारी, २५ प्रतिशत मत खस्यो (तस्बिर सहित)

सुर्खेत । शुक्रबार बिहान सात बजेदेखी जारी मतदान प्रक्रिया सुर्खेतमा जारी रहेको छ । स्थानीय तहको निर्वाचन–२०७९ मा नयाँ नेतृत्वका लागि भएको मतदान प्रक्रिया जारी रहेको हो ।

सुर्खेतका ९ वटा स्थानीय तहका जारी मतदानमा हाल सम्म २५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसे जानकारी दिए ।

उनका अनुसार जिल्लाभर शान्त र भयरहित वातावरणमा मतदान भइरहेको छ । जिल्लाभर २९१ मतदान केन्द्र र १३८ वटा मतदान स्थल रहेका छन् भने कुल मतदाता दुई लाख ३८ हजार चार सय ५७ रहेका छन् ।
जसमा महिला एक लाख २२ हजार एक सय २१ र पुरुष एक लाख १६ हजार तीन सय ३६ रहेका छन् । यसका लागि १०४५ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत चालिसेले जानकारी दिए ।

प्रदेश राजधानीसमेत रहेको सुर्खेतका नौ स्थानीय तहका लागि प्रमुख र अध्यक्षमा ६१ जनाको उम्मेदवारी दर्ता हुँदा उपप्रमुख र उपाध्यक्षमा ५२ जनाले उम्मेदवारी दिएका छन् ।

९९ वडा रहेको सुर्खेतमा चार सय ६० जनाले वडाध्यक्ष, तीन सय ८६ महिला सस्यमा, तीन सय ४० दलित सदस्य र सात सय ८५ खुला सदस्य चुनावी मैदानमा छन् ।

तस्बिरहरु दिनेश बुढा मकालुखबर :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *