रसुवामा ३५ प्रतिशत मतदान सम्पन्न

काठमाडौँ । आज भइरहेको स्थानीय तहको निर्वाचनको मतदान रसुवामा २५ प्रतिशत सम्पन्न भएइको छ।

शान्तिपूर्ण तवरले मतदान अघि बढेको जनाउँदै जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले यतिसम्म ३५ प्रतिशत मतदान भएको बताएका छन्। त्यस्तै, सांसद मोहन आर्चायले रसुवाको उत्तरगया गाउँपालिका वडा नं ५ को माझगाउँ केन्द्रबाट ९ः३० बजे मतदान गरेका छन्। रसुवाका मतदान अधिकृत नेत्रमणि न्यौपानेका अनुसार जिल्लाको ५१ मतदान केन्द्रबाट मतदान गर्ने मतदाताको सङ्ख्या ३८ हजार ५४५ जना रहेको छ।

मौसम सामान्य रहेकोले मतदानका लागि मतदाताहरू उत्साहपूर्वक लामबद्व भई मतदान गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *