कांग्रेस महामन्त्री शर्माद्वारा झापामा मतदान

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन्।

आज शुक्रबार देशभर भइरहेको स्थानीय तहको निर्वाचन अन्तर्गत उनले आज बिहान मतदान गरेका हुन्। मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले देशभर उत्साहपूर्वक मतदान भइरहेको र कांग्रेसको पक्षमा नतिजा आउनेमा आफू विश्वस्त रहेको बताएका छन्।

मेचीनगरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको गठबन्धनका तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार बनेका इन्द्र बुढाथोकीले पनि मेचीनगर १० को शिशु साक्षर मतदान केन्द्रमा मतदान गरेका छन्। सोही वडाको हरि आधारभूत विद्यालय मतदान केन्द्रमा मेचीनगरमा नेकपा (एमाले)बाट नगरप्रमुख पदमा उम्मेदवार गोपालचन्द्र बुढाथोकीले समेत मतदान गरेका छन्।

मेचीनगरमा ९० हजार २०२ मतदातामध्ये ४५ हजार ९० महिला र ४५ हजार ११२ पुरुष मतदाता छन्। निर्वाचन अधिकृत वेदराज फुयालले मेचीनगरमा ३२० उम्मेदवार रहेको जानकारी दिए। तीमध्ये एमालेको तर्फबाट एक दलित महिला उम्मेदवार निर्विरोध निर्वाचित भइसकेकी छन्।

मेचीनगरमा ३५ मतदानस्थल र १०२ मतदान केन्द्र छ। मेचीनगरमा ८१६ जना कर्मचारीसहित सुरक्षाकर्मी र पर्यवेक्षक चुनावमा खटिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *