बाबुरामले गरे ‘गोप्य मतदान’ सार्वजनिक, हुनसक्छ १५ हजार जरिवाना
२०७९ वैशाख ३० गते

तस्वीरः बाबुराम भट्टराईकाे फेसबुक
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गाेप्य मतदान सार्वजनिक गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै आफूले मत दिएको चुनाव चिन्ह सार्वजनिक गरेका हुन् ।
गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका उनले आफूले कुन पार्टीलाई मत दिएको छ भन्ने देखिने तस्वीर फेसबुकमा पोस्ट गरेका हुन् ।
हुनसक्छ १५ हजार जरिवानाः
निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ । मत संकेत सार्वजनिक गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने दफा ९ को उपदफा २ मा उल्लेख छ ।

२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित









