बागबजारस्थित पद्मकन्याबाट केशव स्थापितले गरे पहिलो मतदान (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदमा नेकपा एमालेको उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । बागबजारस्थित पद्मकन्या कलेजको प्राङ्गणमा रहेको मतदान केन्द्रबाट स्थापितले पहिलो मतदान गरेका हुन् ।

मतदान पछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो सबै प्रतिबद्धता पूरा गर्ने बताएका हुन् । उनले मतदाताहरुलाई उत्साहित भएर मतदान गर्न आग्रह गरेका थिए । ‘मतदान गर्ने, मौनमा बस्ने, आकाशितर हेरेर,’ उनले भने, ‘आजका दिनमा म मतदाता प्रभावित गर्दिनँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *