मकवानपुरमा शंकास्पद वस्तु फेला
२०७९ वैशाख ३० गते

फाइल फाेटाे
काठमाडौँ । मकवानपुर हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । स्थानीय तह निर्वाचनको बिहानै हेटौंडाको कमानेमा शंकास्पद वस्तु फेला परेको हो ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीकाअनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ र ८ को सिमनास्थित कमाने फाएरलाईनमा उक्त शंकास्पद वस्तु देखा परेको छ । शंकास्पद वस्तु फेला परेको जानकारी पाएलगत्तै सो क्षेत्रलाई शिल गरिएको छ ।
उक्त शंकास्पद वस्तु डिस्पोजको तयारी भइरहेको उनले बताए । डिस्पोजको लागि नेपाली सेनाको टोलीलाई बोलाइएको छ ।
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित









