पैसा बाँड्दै गर्दा पक्राउ परेका सुर्खेतका उम्मेदवार बिसीलाई आफन्तको जिम्मा

सुर्खेत । मतदातालाई पैसा बाँडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका वडाध्यक्षका उम्मेदवारलाई आफन्तको जिम्मा लगाइएको छ।

नेकपा एमालेबाट सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन बिसीलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको थियो। वडा अध्यक्ष पदका उम्मेदवार बिसीलाई शुक्रबार दिउँसो आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले नियन्त्रणमा लिइएका उम्मेदवारलाई प्रहरीले जुनसुकै समयमा बोलाएको बेला कार्यलयमा उपस्थित हुने गरी आफन्तको जिम्मा लगाइएको जानकारी दिएका छन्।

गत शुक्रबार राति बिसी गुर्भाकोट–११ स्थित एक गाउँको मतदाताको घरमा पुगेर मतदातालाई पैसा बाँडेको सूचना प्रहरीकहाँ पुगेपछि एक लाख एक हजार रुपैयाँ नगदसहित सुर्खेत प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *