कर्णालीमा ५ हजार २१४ पदका लागि १३ हजार ६५ उम्मेदवार चुनावी मैदानमा

सुर्खेत । पाँच वर्षका लागि नयाँ आउने जनप्रतिनिधिका लागि शुक्रवार अर्थात् वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । कर्णालीका १० वटै जिल्लाका ७९ वटा पालिकामा बिहान ७ बजेबाट मतदान सुरु भएर साँझ ५ बजे सकिने छ ।

कर्णालीमा दश लाख एक हजार दुई सय ८२ मतदाता रहेका छन् । कर्णालीमा ७९ वटा स्थानीय तह रहेको कर्णालीमा २५ नगरपालिका, ५४ गाउँपालिका र सात सय १८ वडा रहेका छन् ।

जसमा एकसय ५८ जना प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष पदमा एकसय ५८ जना, सात सय १८ वडाध्यक्ष र चार हजार तीन सय आठ सदस्य गरी जम्मा पाँच हजार दुई सय १४ पदका लागि १३ हजार ६५ जनाले चुनावी प्रतिस्पर्धा गर्नेछन् । आगामी नयाँ कार्यकालका लागि ७९ पालिकाको प्रमुख र अध्यक्षमा चार सय १९, उपप्रमुख उपाध्यक्षमा तीन सय ८५ जनाले चुनावी भिडन्त गर्नेछन् ।

यस्तै, सात सय १८ वडामा दुई हजार नौ सय २४ जनाले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । प्रदेशभर दुई हजार तीन सय ८० महिला वडा सदस्यले चुनावी प्रतिस्पर्धा गर्दै गर्दा दुई हजार २७ महिला दलित सदस्यले पनि चुनाव लड्ने छन् । यस्तै खुला सदस्यतर्फ चार हजार नौ सय ३० जना चुनावी मैदानमा उत्रिएका छन् ।

प्रदेश राजधानीसमेत रहेको सुर्खेतका नौ स्थानीय तहका लागि प्रमुख र अध्यक्षमा ६१ जनाको उम्मेदवारी दर्ता हुँदा उपप्रमुख र उपाध्यक्षमा ५२ जनाले उम्मेदवारी दिएका छन् । ९९ वडा रहेको सुर्खेतमा चार सय ६० जनाले वडाध्यक्ष, तीन सय ८६ महिला सस्यमा, तीन सय ४० दलित सदस्य र सात सय ८५ खुला सदस्य चुनावी मैदानमा छन् । यस्तै ९ वटा स्थानीय तह रहेको सल्यानमा ४६ जना प्रमुख अध्यक्ष, ४१ जना उपप्रमुख उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।

तीन सय १७ जना वडाध्यक्षका उम्मेदवार हुँदा दुई सय ६७ जना महिला, दुई सय ५३ दलित महिला र पाँच सय ५८ जना खुला सदस्य गरी जम्मा १४ सय ८२ जना चुनावी प्रतिस्पर्धामा छन् । यस्तै ६ वटा स्थानीय तह रहेको रुकुम पश्चिममा २६ जना प्रमुखरअध्यक्ष र १८ जनाले उपप्रमुख उपाध्यक्ष पदमा उम्मेदवारी दिँदा एकसय ९२ जना वडाध्यक्ष, एकसय ७० जना महिला सदस्य, एकसय ६२ दलित महिला सदस्य र तीन सय ३४ खुला सदस्य गरी नौ सय दुई जनाले चुनावी प्रतिस्पर्धा गर्नेछन् ।

७ वटा स्थानीय तह रहेको जाजरकोटमा एक हजार दुई सय तीनले चुनावी भिडन्तमा छन् । जसमा प्रमुख अध्यक्ष २९ जना, उपप्रमुखरउपाध्यक्ष २५, वडाध्यक्ष दुई सय ६४ जना उम्मेदवार बनेका छन् ।

यस्तै, दुई सय १७ जना महिला सदस्य, दुई सय सात जना दलित महिला सदस्य र खुला सदस्यमा चार सय ६१ जनाले चुनावी प्रतिस्पर्धा गर्दा हिमाली जिल्ला डोल्पामा सात सय बिस जना उम्मेदवार बनेका छन् ।

८ स्थानीय तह रहेको डोल्पामा प्रमुख/अध्यक्ष २४ जना, उपप्रमुख/उपाध्यक्ष २७ जना र एकसय ७५ जनाले वडाध्यक्ष पदका लागि चुनावी भिडन्त गर्ने भएका छन् । एक सय १५ जना महिला सदस्य, ८१ जना दलित महिला सदस्य र दुई सय ७८ जना खुला सदस्य रहेका छन् । जुम्लामा ८ स्थानीय तहका लागि एक हजार दुई सय ९६ जना चुनावी मैदानमा छन् । जुम्लामा प्रमुख अध्यक्ष पदका लागि ५३ जनाको उम्मेदवारी पर्दा उपप्रमुख उपाध्यक्ष पदमा ५६ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै, दुई सय ८७ जना वडाध्यक्ष, दुई सय ४६ महिला सदस्य, एकसय ७२ दलित महिला सदस्य र चार ८२ जना खुला सदस्य पदका उम्मेदवार रहेका छन् । यस्तै अर्को हिमाली जिल्ला हुम्लामा नौ सय २० जनाले सात स्थानीय तहका लागि उम्मेदवारी दिएका छन् । जसमा ३६ जना प्रमुखरउपप्रख, ४२ जना उपप्रमुख/उपाध्यक्षमा , दुई सय २९ वडाध्यक्ष, एकसय ५९ जना महिला सदस्य उम्मेदवार रहेका छन् । यस्तै दलित महिला सदस्य एकसय ८ र खुला सदस्य तीन सय ४६ रहेका छन् ।

९ वटा स्थानीय तह रहेको कालिकोटमा एक हजार ८ सय ४९ जना चुनावी मैदानमा देखा पर्दा ५७ जना प्रमुखरअध्यक्ष, ४८ जना उपप्रमुख उपाध्यक्ष, चार सय १४ वडाध्यक्ष पदका उम्मेदवार बन्दा तीन सय ३९ महिला सदस्य, दुई सय ८७ दलित महिला सदस्य र सात सय चार जना खुला सदस्य रहेका छन् । यस्तै मुगुमा चार स्थानीय तहको लागि ८ सय ४४ जनाले उम्मेदवारी दिएका छन् ।

प्रमुख अध्यक्ष २४, उपप्रमुखरउपाध्यक्ष ४८, वडाध्यक्ष दुई सय चार, महिला सदस्य एकसय ४५, दलित महिला सदस्य एकसय २७ र तीन सय २२ जना उम्मेदवार रहेका छन् । ११ स्थानीय तह रहेको दैलेखमा एक हजार सात सय ६५ जना उम्मेदवारहरू निर्वाचनमा छन् । प्रमुख अध्यक्ष ६३, उपप्रमुख उपाध्यक्ष ५४, वडाध्यक्ष तीन सय ८२, महिला सदस्य तीन १६, दलित महिला सदस्य दुई सय ९० र खुला सदस्य ६ सय ६० जना चुनावी मैदानमा होमिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *