प्रचण्ड, बादललगायत शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

चितवन । भोलि हुने निर्वाचनको लागि चितवनका शीर्ष नेताहरू जिल्ला आइसकेका छन् । मतदानका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा छन् ।

उनको दौडधूप जिल्लामा तीव्र भएपछि एमालेले आचारसंहिता उल्लंघन गरेको आरोप लगाएको छ ।

प्रचण्ड मतदानको दिनभन्दा दुई दिन अगाडि नै चितवन आएर बसेका हुन् । मौन अवधिमा मतदाता प्रभावित पार्न उनी सक्रिय भएको एमालेको आरोप छ । रेनु दाहालको निवासमा प्रचण्ड बसेका छन् । प्रचण्ड रेनु निवासमा आउँदा सरकारी र निजी गाडीको लावालस्कर थियो ।

प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्दैछन् । यस्तै, भरतपुर महानगरपालिकाको मेयरको उमेदवार रेनु दाहालले पनि सोही स्कुलबाट मतदान गर्दैछिन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापाले चितवनको भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमुना माध्यामिक विद्यालय र उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ भण्डारास्थित भण्डारा अस्पताल केन्द्रबाट मतदान गर्दैछन् ।

नेकपा (एमाले) का मेयरका उमेदवार विजय सुवेदीले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गर्दै छन् । भरतपुर महानगरको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले भरतपुर–७ स्थित कृष्णपुर माविबाट मतदान गर्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *